नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।
सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफूले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिनसक्ने कम्पनीको भनाइ छ। साथै अनलाइन भुक्तानीबाट सेवा नवीकरण गर्न पनि सकिनेछ भने आफ्नो हालको सेवालाई आफूले चाहेअनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सकिनेछ।
ग्राहकको सहजता एवं सेवाको पारदर्शिताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ। आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिँदै लगिने कम्पनीले जनाएको छ।
सुबिसु सेल्फ केयर पोर्टल सेल्फकेयर डटठ सुबिसु डट नेट डट एनपीबाट प्रयोग गर्न सकिनेछ।
प्रतिक्रिया