डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंग्लिस सांगीतिक प्रतियोगिता द स्ट्रिंग्सको दोस्रो राउण्ड सुरु भएको छ। पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागिता जनाएका थिए।
यसअन्तर्गत १० जना उत्कृष्ट प्रतिस्पर्धी २०७७ भदौ ६ गते छनौट भएका छन्। सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाइन भोटिङ र उत्कृष्ट प्रस्तुतिको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्वाणा चौधरी र युलिया कोइरालाले उत्कृष्ट १० जना छनौट गरेका हुन्।
छनौट भएका प्रतिस्पर्धीहरु क्रमशः दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, म्रिनल मानन्धर, सदीक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई छन्। दोस्रो चरणमा पुगेका प्रतिस्पर्धीबीचको सांगीतिक प्रतियोगिता अब झन् उत्साहजनक र रोचक हुनेछ। तेस्रो चरणमा प्रवेश गर्नका लागि र टप ५ भित्र समावेश हुनका लागि प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुति देखाउनुपर्ने हुन्छ।
तीन राउण्डमा सञ्चालन हुने यो सांगीतिक प्रतियोगितामा ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारिक फेसबुक पेजमा अपलोड गरेका थिए।
विभिन्न समयमा डिशहोमले सञ्चालन गर्ने यस्ता प्रतियोगितामार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन्। ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीत मन पराउने सम्पूर्णले यस सांगीतिक प्रतियोगितामार्फत भरपूर मनोरञ्जन लिन्छन् भन्ने डिशहोमले अपेक्षा राखेको छ।
यस प्रतियोगितामा सहभागी हुन इच्छुक तर कारणवश सहभागिता जनाइसकेका छैनन् भने विभिन्न समयमा डिशहोमले सञ्चालन गर्ने क्विज, गेम्सहरुमार्फत डिशहोमसँग जोडिन सक्नेछन्।

प्रतिक्रिया