कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौं उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भए पनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन।
अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै सेयर कारोबार गरेका कारण धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ विन्दुले बढेर एक हजार ४१०.३४ मा पुगेको छ। यस्तै कारोबार पनि आज एक अर्बमाथि भएको छ।
कुल १ सय ८४ कम्पनीको २४ लाख ९८ हजार ६ सय ६२ कित्ता सेयर एक अर्ब १० करोड ८० लाख ५३ हजार ५ सय ९७ मूल्यमा खरिद्बिक्री भए। कारोबार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर ओरालो लागेको छ भने आठ उपसमूहको सेयर भने उकालो लागेको छ।
व्यापार २.५६, जलविद्युत् १.३८ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ। यस्तै बैंकिङ ४.८, होटल २३.९४, विकास बैंक ७.९३, वित्त ६.०३, निर्जीवन बीमा २३३.२२, उत्पादन ८८.२३, अन्य ४.१४, लघुवित्त २३.६१ र जीवन बीमा १७३.८४ ले वृद्धि भएको छ।
कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो। यस्तै, शिवम् सिमेन्ट सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनर्बीमा कम्पनी ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन्।
स्टकका अनुसार समृद्धि फाइनान्स ९.७७, नेको इन्स्योरेन्स ७.२४, तारागाउँ रिजेन्सी होटल ६.५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरधनीले ६.३७ प्रतिशतले कमाए। पञ्चकन्या माइ हाइड्रो पावर ३.७०, यूनियन हाइड्रोपावर ३.२८, साधना लघुवित्त २.७२, साञ्जेन जलविद्युत कम्पनी २.१९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए।
Shares

प्रतिक्रिया