ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जितेको छ। नेपाल डिस्टिलरीजले उत्पादन गर्ने खुकुरी रमले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो।
लन्डन स्पिरिट्स प्रतियोगिताको आयोजना गत जुलाईमा भएको थियो। प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङका दृष्टिकोणमा खुकरी रमलाई १०० मध्ये कूल ९४ अंक दिइएको हो।
खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ। नेपाल डिस्टिलरिज् संगठित क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उद्योग हो। सन् १९५९ देखि नै यसको ब्रान्ड खुकुरी रमले बजारमा आफ्नो पकड जमाउँदै आएको छ।
लन्डन स्पिरिट्स प्रतियोगिताको आयोजक वेभरेज ट्रेड नेटवर्क हो।
प्रतिक्रिया