नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ।
यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एण्ड पे मार्फत भुक्तानी गरे १५ प्रतिशत छुट ९अधिकतम रु ५००० पाउने छन्।
सेल पे सेल्स बेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गरी सेलपे एप्पमा रहेको पे मर्चयान्ट क्लिक गरी काउन्टरमा रहेको स्क्रीनमा देखाएको क्यू आर कोड स्क्यान गरि भुक्तानी गर्न सकिनेछ। यो अफर कार्तिक ३० गते सम्म लागु हुने कम्पनीले जनाएको छ।
यो अफर कार्तिक ३० गतेसम्म लागु हुनेछ्।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार आदी गर्न सकिनेछ।

प्रतिक्रिया