समाज


चन्द्रागिरि नगरपालिकाको निर्णय : तीज घरभित्रै मनाउनुपर्ने, नियम नमान्नेलाई १००० जरिवाना

चन्द्रागिरि नगरपालिकाको निर्णय : तीज घरभित्रै मनाउनुपर्ने, नियम नमान्नेलाई १००० जरिवाना

नेपालखबर
भदौ १, २०७७ सोमबार १५:७,

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमणका लागि ताेकिएकाे स्वास्थ्य मापदण्ड नमान्नेलाई  हजार रुपैयाँ जरिवना गर्ने भएको छ।

नगरपालिकाकोे नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिको प्रमुखसहितको आइतबार बसेको बैठकले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो।

चन्द्रागिरिले नेपाल सरकारले गरेको निर्णयबमोजिम तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर आआफ्नो परिवारका सदस्य मात्र मनाउन पाउने निर्णय गरेको हाे। निर्णय नमान्नेलाई हजार रुपैयाँसम्म जरिवाना गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रुपमा पीसीआर परीक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताए।

‘मास्क नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई १०० जरिवाना गरी दुईवटा मास्क उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।

चन्द्रागिरिभित्र सञ्चालित अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, मास्क, पञ्जालगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने अन्यथा  हजार रुपैयााँसम्म जरिवाना गर्ने नगरपालिकाले निर्णय गरेको छ।

अनधिकृत रुपमा पार्किङ गर्ने गाडी र सडकमा सामग्री राखी व्यापार गर्ने पसललाई नगरपालिकाको आर्थिक ऐन, २०७७ बमोजिम जरिवना गर्ने र सुरक्षा निकायबाट कार्यान्वयन गराउने जनाइएको छ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त निर्णय गरिएकाे जानकारी दिए। 

यस्तै, चन्द्रागिरिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार भदौ १५ गतेसम्मका लागि जात्रा महोत्सव, खुला स्थानमा भेला हुन निषेध गरेको छ।

उक्त आदेशमा शैक्षिक संस्था सञ्चालन गर्न, होटल रेस्टुराँ, चिया पसल बन्द गर्न, सटर, ढोकाअगाडि सामान राखेर बिक्री वितरण गर्न, स्वास्थ्य मापदण्डविपरीत श्रमिक कामदार ओसारपसार गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लरलगायत सञ्चालन गर्न निषेध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad