कला


चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन

चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन

नेपालखबर
भदौ १, २०७७ सोमबार १४:४५,

चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ। ९० वर्षीय उनको सोमबार अमेरिकामा निधन भएको हो।

जसराजकी नातिनी मीनाक्षीाले बीबीसीकी सहयोगी पत्रकार मधु पालसँग मृत्युको पुष्टि गरेकी छन्।

उनको परिवारले अमरिकाको न्युजर्सीस्थत आफ्नै घरमा हृदयघातका कारण उनको निधन भएको जानकारी दिएका छन्।

उनको निधन स्थानीय समयानुसार सोमबार बिहान ५:१५ बजे भएको हो।

पद्म श्री, पद्म भूषण र पद्म विभूषणलगायत थुप्रै पुरस्कार पाएका पण्डित जसराजको जन्म सांगीतिक पृाष्ठभूमिा भएकै परिवारमा भएको थियो।

सन् १९३० मा हरियाणामा जन्मिएका पण्डित जसराज करिब ८ दशक सांगीतिक क्षेत्रमा सक्रिय रहे। उनलाई बुबा पण्डित मोतिरामले संगीत सिकाएका थिए। जसराजले भारतका साथै अमेरिका र क्यानडामा पनि शास्त्रीय संगीतको प्रशिक्षण दिएका थिए।

उनको सम्मानमा गत वर्ष मंगल र वृहस्पति ग्रहको बीचमा रहेको छुद्र ग्रहको नामकरण उनकै नामबाट गरिएकाे थियाे। इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन(आईएयू) ले २००६ भीपी-३२ नामक छुद्र ग्रहलाई ‘पण्डित जसराज’ नाम दिएको हाे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad