कारोबार


सीजी ब्राण्डको आधिकारीक वेबसाइट प्रारम्भ

सीजी ब्राण्डको आधिकारीक वेबसाइट प्रारम्भ

नेपालखबर
साउन २८, २०७७ बुधबार १३:४४,

नेपालकै सबैभन्दा ठूलो र नं.१ ब्राण्ड बन्न सफल सीजीले आफ्नो आधिकारीक वेबसाइट लन्च गरेको छ। यो वेबसाईट ग्राहक, डिलर तथा सम्पूर्ण ग्राहकहरुलाई ध्यानमा राखि, आफ्ना सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको कम्पनीले जनाएको छ। यस वेबसाईटमा उपभोक्ताहरुले आफूले खरिद गर्ने सामानको विशेषता देखि लिएर वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्नेछन्।

यस वेबसाइटमा सीजी ब्राण्डमा रहेका एलइडी टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईसकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ।

यसमा रहेको सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदिको दाबी दर्ता गर्नूका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिनेछ। साथै ग्राहकहरुको सुविधाको लागि यस वेबसाईटमा सि.जी.का सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ।

यसमा भएको स्टोर सेक्सनबाट ग्राहकहरुले आफ्नो नजिकमा रहेको सोरुम पनि सजिलै पत्ता लगाउन र सम्पर्क पनि गर्न सक्नेछन्।

विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि जानकारी दिने काम यो वेबसाईटमा हुनेछ।

वर्तवान अवस्थामा फैलिएको कोभिड–१९ भाइरसबाट टाढै रहि घरमै बसिबसि आफूले चाहेको सामानहरुको पूर्ण जानकारी लिई बुकिङ र खरिद समेत गर्न सकिने छ।

तसर्थ सीजी ब्राण्डले सम्पूर्ण ग्राहकहरुको जिवनशैलीलाई सरल र सहज बनाउने लक्ष्यका साथ तयार गरेको यो वेबसाईटबाट सम्पूर्ण सरोकारवाला लाभान्वित हुनेछन् भन्ने कम्पनीको विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .