कोरोना जोखिम बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सबै कर्मचारीलाई अफिस नबोलाउन भनेको छ।
बैंकहरुलाई ५ बुँदे सर्कुलर जारी गर्दै आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमार्फत कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन भनेको राष्ट्र बैंकले भनेकाे छ।
बैंक तथा वित्तिय संस्थाहरुले ‘विजनेश कम्यूनिटि प्लान’ तयार गरी घरबाट नै सेवा प्रदान गर्न सक्ने समेत बताएको छ। जोर विजोर प्रणाली समेत लागू भएको अवस्थामा उक्त योजना उचित हुने बताएको राष्ट्र बैंकले हो।
प्रदेश तथा स्थानीय तहमा रहेका शाखाहरुमा भने सोही निकायले जारी गरेको सूचनालाई आधार मानेर काम गर्न भनिएको छ। साथै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले भनेको छ।
3
Shares

प्रतिक्रिया