साताको पहिलो कारोबार दिन नेप्से सूचक ११.३० अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ८७ कम्पनीको ३२ लाख १२ हजार कित्ता सेयर बिक्री भएका छन्। आजमात्रै ३० हजार २ सय पटक सेयर खरिदबिक्री भएको थियो।
नेप्सेका अनुसार आज कुल बजार पुँजीकरण १८ खर्ब ३८ अर्बको र तरल बजार पुँजीकरण ६ खर्ब ५३ अर्बको छ। आज होटलबाहेक सबै समूहको कारोबार सूचक हरियो छ।
आज अजोड इन्स्योरेन्सको सबैभन्दा बढी ९ करोड २१ लाखको सेयर कारोबार भएको छ। त्यस्तै पुनर्बीमा कम्पनीको ८ करोड ९१ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड २३ लाखको, नेपाल बैंकको ४ करोड ७२ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा दुईवटा कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ। बाँकी कम्पनीहरुको त्योभन्दा कम दरमा सेयर मूल्य बढेको नेप्सेले जनाएको छ। त्यस्तै, गुमाउने कम्पनीको सेयर सर्वाधिक ३.८५ प्रतिशतसम्म ओरालो लागेको छ।
Shares

प्रतिक्रिया