एनएमबी बैंक लिमिटेड र सीजी डिजीटलबीच शुन्य प्रतिशत ईएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र सीजी डिजीटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरे।
यस अन्तर्गत एनएमबीका ग्राहकहरुले सीजी डिजीटलको आधिकारीक बितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबी सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन्। यसका अतिरिक्त एनएमबीका ग्राहकहरुले सीजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ सय सम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन्।
एनएमबी बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु-याउँदै आएको छ।

प्रतिक्रिया