कारोबार


उद्योग प्रतिष्ठानले बीमा प्रिमियममा एक तिहाइ छुट पाउने

उद्योग प्रतिष्ठानले बीमा प्रिमियममा एक तिहाइ छुट पाउने

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ८:४८,

उद्योग प्रतिष्ठानले बीमा प्रिमियममा एक तिहाइ छुट पाउने भएका छन्। कोरोना संक्रमणको कारण उद्योग क्षेत्र धराशायी भएकोले बीमा समितिले प्रिमियममा छुट गराउने नीति तथा कार्यक्रममा नै उल्लेख थियो।

सोहीअनुसार एक तिहाइ छुट गराउने निर्णय आज भएको हो।

आज बीमा समिति र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू समेतको बैठकले उद्योग प्रतिष्ठानलाई लकडाउनको प्रिमियममा एक तिहाइ छुट दिने निर्णय गरेको हो। साथै आरएसडी÷एम÷एसटीमा पनि एक तिहाइ समायोजन गर्ने निर्णय गरेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad