अटो


डबल डिस्कभन्दा १९ हजार कममै किन्न सकिने अपाचेकाे नयाँ माेटरसाइकल, यस्ता छन् विशेषता

डबल डिस्कभन्दा १९ हजार कममै किन्न सकिने अपाचेकाे नयाँ माेटरसाइकल, यस्ता छन् विशेषता

नेपालखबर
साउन २२, २०७७ बिहिबार ७:४१,

टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर१६० फोरभी को सिंगल डिस्क भेरियन्ट मंगलबार साउन २० गते दराज एपमार्फत सार्वजनिक गरेको छ।

कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको आरटीआर१६० फोरभी अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो।

जगदम्बा मोटर्स सधै आफ्ना ग्राहकलाई विभिन्न रेञ्जमा मोटरसाइकल उपलब्ध गराउन प्रतिबद्धता रहँदै आएको छ। यस्तोमा कम्पनीले नयाँ भेरियन्टमा आरटीआर१६० फोरभी लाई बजारमा उतारेको हो। नयाँ उत्पादनमा आरटीआर१६० फोरभी डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको छ। सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ।

दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिए लगतै नयाँ आरटीआर१६० फोरभी सिंगल डिस्क सार्वजनिक गरिएको हो। नेपालमा नै पहिलो पटक कुनैपनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्म मार्फत गरेको यो पहिलो पटक हो।

‘हामीले दराजको महाबचत योजनामा आरटीआर१६० फोरभीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं। अहिले कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराज मार्फत नै बिक्री सुरु गरेका हौं’, जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने।

उनले दराजबाट आरटीआर१६० फोरभी मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने जानकारी दिँदै भने, ‘यसले ग्राहकलाई पनि फाइदा पुग्ने र अहिलेको समयमा ग्राहकले पनि घरमा नै बसेर आफ्नो लागि मोटरसाइकल किन्न सक्ने भएकाले दराजलाई उपयुक्त थलोको रुपमा छनोट गरेका हौ। दराजमा यो योजना ७ दिनको लागि रहनेछ।’

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो। कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ।

आरटीआर१६० फोरभी लाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउनेछन्। मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुनेछ। तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ।

आरटीआर१६० फोरभी मा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ। टीभीएसको रेसिङ डिएनएबाट प्रेरित रहेको आरटीआर१६० फोरभी ले आफ्नो विरासतलाई कायम राख्न सकेको छ। टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ।

आरटीआर१६० फोरभी मा रहेको १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ।

यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ। आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध रहेको छ। यसलाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ। जसमा मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट व्ल्याक कलर रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad