नेपाली सेनाको सैनिक कल्याणकारी कोषको पाँच करोड बढी रकम जोखिममा रहेको सेनाले जनाएको छ।
यस अघि ८५ करोड भन्दा बढी जोखिममा रहेको रकम अहिले घटेको जानकारी दिँदै कोषका निर्देशक सागरबहादुर केसीले अहिले पनि साँबा रकम ५ करोड २ लाख ६६ हजार जोखिममा रहेको बताएका हुन्। सेनाले जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ।
सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कारण रकम उठेको सेनाले बताएको छ।
शुक्रबार कल्याणकारी कोषले जंगी अड्डामा पत्रकार सम्मेलन गर्दै विगत वर्षहरुमा कोषको करिब ८५ करोड रुपैयाँको हाराहारीमा निक्षेप जोखिम रहेकोमा ८० करोड उठाएको जनाएको हो।
विश्वव्यापी कोरोनाका कारण देशको अर्थतन्त्रमा नराकारात्मक असर परेपनि सैनिक कल्याणकारी कोषको आर्थिक गतिविधिहरु सन्तोषजनक रहेको कोषले जनाएको छ। कोषमा २०७६ असार मसान्तसम्म ३८ अर्ब ५७ करोड ६१ लाख रहेकोमा अहिले १८ दशमलव ९० प्रतिशतले वृद्धि भइ ४५ अर्ब ८६ करोड ८० लाख पुगेको उनले बताए। कोषको अहिलेको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ।
कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ। महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदन अनुसार उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको छ।
प्रतिक्रिया