निजी क्षेत्रको प्रयोगशाला विध म्यानेजमेन्टले बिहीबारदेखि शुल्क लिएर पीसीआर परीक्षण गर्ने भएको छ।
ललितपुरको कुपन्डोलमा रहेकाे साे प्रयोगशालाले एकै दिनमा चार हजारको परीक्षण गर्न सकिने र पाँच घण्टामै नतिजा उपलब्ध गराइने जनाएको छ। परीक्षणका लागि प्रतिव्यक्ति चार हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ।
परीक्षणको दायरा फराकिलो बनाउन सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षणको अनुमति दिएको थियो।
‘कोभिड–१९ को परीक्षणको लागि जनतालाई छिटो छरितो एवं सर्व शुलभ सेवा उपलब्ध गराउने सरकारको यस प्रयासमा आफ्नो तर्फबाट यथासम्भव सहकार्य गर्ने’ विथ म्यानेजमेन्टले जनाएको छ।

प्रतिक्रिया