कारोबार


महासंघको चुनावबाट व्यवसायीका मुद्दा सरकारसँग लैजानसक्ने व्यक्ति नै आउनुपर्छः उपाध्यक्ष ढकाल (भिडियो)

महासंघको चुनावबाट व्यवसायीका मुद्दा सरकारसँग लैजानसक्ने व्यक्ति नै आउनुपर्छः उपाध्यक्ष ढकाल (भिडियो)

नेपालखबर
साउन ६, २०७७ मंगलबार १०:३२,

यही साउन २६ र २७ गते हुने साधारण सभाले नेपाल उद्योग वणिज्य महासंघलाई नयाँ नेतृत्व समेत प्रदान गर्दै छ।

नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका बर्तमान उपाध्यक्ष चन्द्र ढकाल भन्छन्ः

‘नेपाल उद्योग वाणिज्य महासंघको चुनाव साउन २७ गते हुन गइरहेको छ। त्यो निर्वाचनमा व्यवसायिक व्यक्तित्व नै आउनपर्‍यो भन्ने मेरो भनाई हो। जसले गर्दा व्यवसायीका दुःख, सानोदेखि ठूलो व्यवसायसम्मका इस्युहरु, दुःखहरु अथवा सरकारसँग, नियामक निकायसँग उठाउनुपर्ने इस्युहरु छन्, ती इस्युहरु उठाउन सकोस्। आउने नेतृत्व पनि त्यस्तो नेतृत्व हुनपर्‍ यो।

व्यवसायिक क्रियाकलाप बढाउनको लागि, नेपालमा रोजगारी सिर्जना गर्नको लागि, विदेशबाट एफडीआई भित्र्याउनको लागि, समग्र अर्थतन्त्र चलायमान बनाएर राजस्व रेभिन्यु कलेक्सन गरेर समृद्ध राष्ट्र बनाउनको लागि सहयोग पुग्ने किसिमको व्यवसायिक क्षमता भएको नेतृत्व आउनुपर्छ।

नेतृत्वले सरकारसँग र सम्बन्धित नियामक निकायसँग एउटा व्यवसायिक क्रियाकलापको विषयमा सही सुझाव दिन सकोस् र त्यो सुझाव कार्यान्वयन भएपछि समृद्ध नेपालको कल्पनालाई साकार पार्न सक्ने किसिमको सक्षम नेतृत्व आउनुपर्छ भन्ने मेरो भनाई हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad