कारोबार


बढी भाडा असुलेर टिकट बिक्री गरे कारबाही गर्छौंः निगम

बढी भाडा असुलेर टिकट बिक्री गरे कारबाही गर्छौंः निगम

नेपालखबर
साउन ५, २०७७ सोमबार १०:४१,

नेपाल वायुसेवा निगमले आफ्नो वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरे कारबाही गर्ने चेतावनी दिएको छ।

सोमबार विज्ञप्ति जारी गरी निगमले केही व्यक्तिले निगमका जहाजमा सहजै उडानको टिकट मिलाइदिने भनी सूचनाहरु जारी भएको थाहा हुन आएको भन्दै बढी भाडा नलिन सचेत गराएको हो।

‘कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ निगमको गम्भीर ध्यानाकर्षण भएको छ’, निगमले विज्ञप्तिमा भनेको छ, ‘यदि निगमको वेवसाइटमा प्रकाशित भाडादर भन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भएमा प्रचलित कानुनबमाजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।’

विश्वव्यापी रुपमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि लागू भएको लकडाउनले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई निगमले उद्धार उडानबाट स्वदेश ल्याउँदै आएको छ।

निगमले आफ्नो सामाजिक जिम्मेवारी समेतको बोध गर्दै सुलभ तथा सहुलियतपूर्ण भाडादरमा उद्धार उडानहरु सञ्चालन गर्दै आइरहेको जनाउको छ। निगमका उद्धार उडान तालिका र भाडादर सक्मन्धी जानकारी चाहिएमा निगमको फोन नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन तथा निगमको वेवसाइटमा हेर्न समेत निगमले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad