नेपाल टेलिकमले पोष्टपेड मोबाइल र पीएसटीएनको शूल्क घटाएको छ।
आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन (पीएसटीएन) तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने टेलिकमले जनाएको छ।
अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ। यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो।
साथै उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ। यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ।
यो परिमार्जित शुल्क आज १ श्रावण २०७६ देखि नै लागू भएको छ।

प्रतिक्रिया