ad ad

कारोबार


भाडा मिनाहा गर्न माग गर्दै सिभिल मलका व्यापारी आन्दोलनमा (फोटोफिचर)

भाडा मिनाहा गर्न माग गर्दै सिभिल मलका व्यापारी आन्दोलनमा (फोटोफिचर)

नेपालखबर
असार ३१, २०७७ बुधबार ८:४४,

काठमाडौंको सुन्धारामा रहेको सिभिल मलका व्यापारीहरु भाडा मिनाहाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

बुधबार व्यापारीहरु मलअगाडि ब्यानर र प्लेकार्डसहित उभिएर आन्दोलन गरेका हुन्। उनीहरुले कोरोना संकटसँगै जारी लकडाउनले व्यापार नभएको अवस्थामा भाडा मिनाहा र सहुलियत दिन माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

यसअघि काठमाडौं मलका व्यवसायीले पनि भाडामा सहुलियत माग गर्दै आन्दोलन गरेका थिए।

civil mall protest 2

लकडाउनले व्यापार चौपट भएको अवस्थामा भाडा तिर्न नसक्ने भन्दै विभिन्न मलका व्यवसायीले माग गर्दै आएका छन्।

मल सञ्चालक जिम्मेवार बन, सिभिल मल बन्द छ जस्ता नारा लिखित ब्यानर कार्ड बोकेर उनीहरुले विरोध गरेका छन्।

civil mall protest 3

सिभिल मल व्यापार संघका उपाध्यक्ष धनवीर श्रेष्ठले लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिनयता प्रदर्शन गरिरहेको बताए।

उनले मल सञ्चालकले वार्ताका लागि अहिलेसम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदासम्म आन्दोलनलाई जारी राख्ने बताए।

civil mall protest 4
civil mall protest 5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .