कारोबार


काठमाडौं महानगरको फोहोर सङ्कलन निजी संस्थाले गर्ने

काठमाडौं महानगरको फोहोर सङ्कलन निजी संस्थाले गर्ने

नेपालखबर
साउन १, २०७६ बुधबार ६:५२,

काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ। अहिलेसम्म निजी संस्थाले आफूखुसी फोहोर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजस्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो।

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहोर सिसडोलमा विसर्जन गर्दै आएका छन्। उनीहरुले त्यसरी विसर्जन गरेको फोहोरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको ३ सय ५० रुपैयाँ बुझाउने गरेका छन्। उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनले भने, “हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न सुरु गर्नेछौँ।”

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहोर सङ्कलन गर्दै आएका छन्। कतिपय संस्थाले फोहोरको वर्गीकरणसमेत सुरु गरेको उनले बताए। उनले भने, ‘फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ।’

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहोर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहोर विसर्जन गर्दै आएका छन्। सरकारले फोहोर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad