कारोबार


अन्तर्राष्ट्रिय मुद्रा कोषकी कार्यकारी प्रमुख लागार्डको राजीनामा

अन्तर्राष्ट्रिय मुद्रा कोषकी कार्यकारी प्रमुख लागार्डको राजीनामा

नेपालखबर
साउन १, २०७६ बुधबार ६:४३,

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएको घोषणा गरेकी छिन्। लागार्डले आगामी सेप्टेम्बर १२ बाट लागू हुने गरी कोषको उक्त पदबाट राजीनामा दिएको एएफपीले जनाएको छ।

लागार्डले युरोपेली केन्द्रीय बैंकको अध्यक्षमा मनोनयनका क्रममा रहेकाले मुद्रा कोषबाट राजीनामा दिएको मंगलबार घोषणा गरेको बताइएको छ।

उनको राजीनामासँगै आइएमएफको नयाँ कार्यकारी प्रमुखको खोजी हुनथालेको छ।

लागार्डले भनेकी छिन्, ‘युरोपेली केन्द्रीय बैंकको अध्यक्षको रुपमा मेरो मनोनयनको प्रक्रिया सुरु भएको छ। मैले मुद्राकोषको सर्वोत्तम हितका आधारमा यो निर्णय लिएकी छु। यसबाट कोषमा नयाँ कार्यकारी प्रमुख छनौट गर्ने बाटो खुला गर्न मद्दत गर्नेछ।’

यसै महिनाको सुरुमा युरोपेली संघका नेताहरुले युरोपेली केन्द्रीय बैंकका प्रमुख मारियो ड्रागीको स्थानमा लागार्डलाई मनोनयन गर्ने घोषणा गरेका थिए। मारियोको आठ वर्षे कार्यकाल आगामी नोभेम्बरमा समाप्त हुँदै छ।

लागार्ड पनि मुद्रा कोषको कार्यकारी प्रमुखको रुपमा सन् २०११ देखि कार्यरत छिन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख कार्यकारी पनि युरोपेली मुलुकबाटै छनौट गर्ने परम्परा रहेको छ।

कोषको बोर्डले दोस्रो स्थानमा अमेरिकी नागरिक डेभिड लिप्टनलाई मनोनयन गरेको छ तर यो पदमा युरोपेली मुलुकको दाबी रहने गरेको छ। जबकि कोषको भगिनी संस्था विश्व बैंकको अध्यक्ष भने अमेरिकी नागरिक हुने प्रचलन रहेको छ।

आइएमएफको बोर्डद्वारा जारी विज्ञप्तिमा लागार्डको निर्णय सार्वजनिक भइसकेकाले कोषको कार्यकारी बोर्डले तत्कालै नयाँ कार्यकारी व्यवस्थापकको नियुक्ति प्रक्रिया अगाडि बढाइने उल्लेख छ।

लागार्डको स्थानमा क्यानाडाली नागरिक मार्क कार्नी, फ्रान्सेली राजनीतिज्ञ पियर मोस्कोभिसी र बेलायती पूर्व अर्थमन्त्री जर्ज अस्बोर्नको नाम सबैभन्दा बढी चर्चामा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad