कारोबार


उद्योग महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले गरे प्यानलसहित उम्मेदवारी घोषणा

उद्योग महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले गरे प्यानलसहित उम्मेदवारी घोषणा

नेपालखबर
असार ३०, २०७७ मंगलबार ८:२१,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। ढकालले मंगलबार बालुवाटारमा एक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

वरिष्ठ उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘शेखर गोल्छा अर्को प्यानलमा लाग्नुभएको छ, त्यो अशोभनीय छ। उहाँ सबैको साझा बन्नुपर्छ ।’

chandra ummedwari 2

ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाई, जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन्।

chandra ummedwari 5

कार्यक्रममा उनले अर्को प्यानलका साथीहरुले सबै व्यवसायीको हित गर्न नसक्ने दाबी गरे।

उनले भने, ‘पहिले पनि व्यवसायीका समस्या समाधान गरेको हामीले नै हो र अब पनि हामीले नै गर्नेछौँ।’

chandra ummedwari 3

महासंघको निर्वाचन आगामी साउन २६ र २७ गतेका लागि तय भएको छ। महासंघको अध्यक्षमा शेखर गोल्छा विधानतः अध्यक्ष निश्चित भइसकेको छ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad