कारोबार


प्रभु क्यापिटलद्वारा र समृद्धि क्यापिटललाई प्राप्ति

प्रभु क्यापिटलद्वारा र समृद्धि क्यापिटललाई प्राप्ति

नेपालखबर
असार २९, २०७७ सोमबार १५:५०,

पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटड एक आपसमा गाभिई प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ भएको छ। आज एक कार्यक्रम गरेर दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दैै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले दुवै कम्पनी मर्ज भई एकिकृत कारोबार गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना ज्ञापन गर्दै नेपाली पूँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको बताए।

आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पक्कै पनि पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताए। उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताउनुका साथै विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको बताए।

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपि भानु शर्माले पूँजी बजार व्यक्तिमात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिदै ठूला ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे।

प्रभु  ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले कोभिड १९ को महामारीको कारण भएको आर्थिक मन्दिको वातावरणमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका भिष्मराज ढुंगानाको कार्यकालमा नेपाली पूँजी बजारले विषम परिस्थिति भोगेको भएतापनि स्थाई सरकार भएको हुँदा आउने दिनमा थप परिस्कृत भई नयाँ उचाई छुनेछ भन्ने विश्वास लिएको बताए।

मर्जर कमिटिका संयोजक तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले प्रभु ब्राण्ड नेपालभित्र मात्रै नभएर संसारभर फैलिइरहेको अवस्थामा इतिहास रच्दै..अघि बढ्दै..प्रभु क्यापिटल भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेड अगाडि बढेको बताए।

उनले मर्जर पश्चात क्यापिटलको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी रु.८१.७१ करोड भई ठूलो आकारको पूँजी सहित एक सवल संस्थाको रुपमा प्रतिष्पर्धी सेवा प्रदान गर्दै पूँजी वजारको विकासलाई टेवा पुयाउने उद्देश्य सहित मर्जर गरिएको बताउँदै मर्जरको उद्देश्य स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad