कारोबार


एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्यधिक बढ्यो

एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्यधिक बढ्यो

नेपालखबर
असार २८, २०७७ आइतबार १२:२८,

वर्षायाम सुरुवात भएलगत्तै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्यधिक वृद्धि भएको छ।

एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गत सि.जी. इम्पेक्स प्रालिका अनुसार यो नेपालको सर्वाधिक तथा लोकप्रिय रुपमा स्थापित एक सफल ब्राण्ड हो। यस वासिङ मेसिन विशेषताहरुमा १० वर्ष वारेण्टी रहेको छ। यो भनेको यस मेसिनको मोटरमा १० वर्षको वारेण्टी सुविधा हो।

त्यस्तै, ९९.९ प्रतिशत एलर्जी फ्रि अर्थात् एल.जी.को वासिङ मेसिनबाट लुगा धोएपछि ९९.९ प्रतिशत एलर्जीमुक्त हुन्छ। यसमा ट्रु स्टिम टेक्नोलोजी छ, जसले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ। टेक्नोलोजिले वासिङ मेसिनको ड्रमलाई धेरै दिशामा घुमाउँछ र कपडालाई उचित हेरचार प्रदान गर्दछ। जसले गर्दा कपडा एकदमै सफा हुन्छ ।

एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेका छन्। जसमध्ये यी मोडेलहरुमा ८ देखि १८ केजीसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने क्षमता रहेको छ। जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुने बाट सजिलै मुिक्त पाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad