ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षरोपण गरेको छ।
ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन्। उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मूख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक युनिटका प्रमुखहरुले आफै विरुवा लिएर रोपेका थिए। विरुद्ध नहुर्किदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताए।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताए। वृक्षारोपणले सहरको सोभा बढाउने र सभ्याताको समेत पहिचान दिने उनले बताए।
वृक्षारोपणले सहरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने र प्रदुषण समेत न्यून गर्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ। रोपिएका विरुवाहरुको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरीले आफैँले लिने बताएको छ।

प्रतिक्रिया