कारोबार


भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग अटो व्यवसायीहरुको भेटघाट तथा छलफल

भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग अटो व्यवसायीहरुको भेटघाट तथा छलफल

नेपालखबर
असार २३, २०७७ मंगलबार ११:३७,

अटो व्यवसायीहरुको एक टोलीले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेटवार्ता गरेको छ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजस्व समितिका उपसभापति कृष्णप्रसाद दुलालसहितले मंगलबार दाहालसँग भेट गरी एक्जिम कोड नवीकरणको म्याद थपन अनुरोध गरेको हो।

नेपालमा ३० हजार व्यावसायिक कम्पनीहरु एक्जिम कोडमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोरविजोरको सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले शून्य समय घोषणा गरेको स्थितिमा सो नवीकरण गर्ने कम्पनीहरु १५ सयको संख्यामा मात्र रहेकोले म्याद थप्न आग्रह गरेको नाडाका महासचिव सुनिल रिजालले बताए। उनका अनुसार सबै कम्पनीहरुले निर्धारित समयावधिभित्र नवीकरण गर्न नसक्ने अवस्था रहेकोले नवीकरणको म्याद थप गर्न नाडाले अनुरोध गरेका हुन्। देशको यस्तो जटिल र विषम परिस्थितिमा यसबाट व्यवसायीहरुलाई धेरै सहज हुने अपेक्षा नाडाले राखेको पनि जनाएको छ।

सो एक्जिम कोड नवीकरण गर्ने म्याद यही असार मसान्तसम्म मात्र रहेको छ। उक्त छलफलमा दुलाललगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उप सभापति भरतराज आचार्य, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad