विश्वव्यापी महामारीबाट बच्न अवलम्बन गरिने सबै सुरक्षाविधिकाे पूर्ण पालना गर्दै पवन स्विट्ले लकडाउनपछि आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको छ।
सफा, शान्त र पारिवारिक वातावरणमा सञ्चालित यस मिष्ठान्न भण्डारमा कोभिड-१९ विरुद्धको सम्पूर्ण सजगता अपनाइएको सञ्चालकहरुले बताएका छन्।
सबै कर्मचारीहरुले हातमा पन्जा, मुखमा मास्क र फेस सिल्ड लगाएरै काम गर्ने गरेका छन्। खाना उत्पादन गर्दादेखि ग्राहकहरुलाई पस्किँदासम्मको सम्पूर्ण क्षणहरुलाई उच्च सतर्कताका साथ सम्पन्न गरिएको स्विटले जनाएकाे छ।
वातावरण प्रदूषणप्रति सदैव सचेत यस मिष्ठान्न भण्डारमा सबै सामानहरु बायो डिग्रेडबलजस्तै केराको पात, टपरी तथा पेपरका सामानहरु प्रयोग गरिने गरेको छ।
हाल घरै बसेर यस मिष्ठान भण्डारबाट स्वदेशी तथा ईन्डिएन कुजिनका खानाहरु फुडमान्डुबाट अर्डर गर्ने सुविधा पनि रेहेको छ। गर्मी सिजनमा आत सितल बनाउने नेपालकै पहिलो फ्रुट स्टफ कुल्फी पनि पाइने गरेको छ।
कुनै पनि अवसरहरुलाई थप स्वादिष्ट बनाउने पेडा, रवडी, लड्डु, काजु, बर्फी, ईम्युनिटी बुस्टर लड्डु लगाएत सम्पूर्ण मिठाईहरु यहाँ पाईन्छ। घरै बसेर सोसल मिडिया जस्तै फेसबुक र ईन्स्टग्रामबाट पनि अर्डर गरिन सकिने संचालकले जानकारी गराएका छन्।

प्रतिक्रिया