ad ad

राजनीति


भारतसँगको सीमा विवादबीच चीनद्वारा भुटानी भूभागमा दाबी, भारतलाई दबाब

भारतसँगको सीमा विवादबीच चीनद्वारा भुटानी भूभागमा दाबी, भारतलाई दबाब

नेपालखबर
असार २२, २०७७ सोमबार ७:२३,

चिनियाँ कार्यले भुटानलाई सीमा सम्झौताको लागि बाध्य पारेको छ भने भारतलाई लगातार दबाब बढी रहेको छ।

भुटानसँगको विवादबारे शनिबार मात्र चिनियाँ विदेश मन्त्रालयले भनेको छ,‘चीन र भुटानको सीमा कहिल्यै सीमांकित हन सकेको छैन र लामो समयदेखि पूर्वी, मध्य र पश्चिी भागमा विवाद भइरहेको छ।’

मन्त्रालयले भारतलाई संकेत गर्दै भुटान र चीनबीचको मामिलामा तेस्रो पक्षको कदम नचाहने पनि बताएको थियो।

भुटानले गत महिना पूर्वी भुटानमा अवस्थित साकतेङ वाइल्डलाइफ स्यांचुरीको लागि ग्लोबल इन्भारामेन्ट फ्यासिलिटी काउन्सिलमा अनुदानको लागि निवेदन दिएको थियो।

तर चीनले उक्त क्षेत्र विवादित भएको भन्दै भुटानको विरोध जनाएको थियो। भुटानले अनुदान त प्राप्त गर्यो तर चीनले आफ्नो भूमिलाई पहिलोपटक दाबी गरेपछि भुटानले चीनको विरोध जनायो।

भारतको नयाँ दिल्लीस्थित चिनियाँ राजदूतावास अगाडि भुटानका नागरिकले ‘साकतेङ वाइल्ड लाइफ स्यांचुरी क्षेत्र भुटानको अभिन्न र सार्वभौम क्षेत्र हो’ भन्दै विरोध गरे।

Bhutan demarches China on its claim to Sakteng Sanctuary, Beijing ...

चीनले दाबी गरेको यस क्षेत्र भुटानको त्रासिग्याङ प्रान्तमा पर्दछ। सन् २०१७ मा पनि चिनियाँ जनमुक्ति सेनाले भुटानको पहाडी क्षेत्र दोक्लाममा घुसपैठ गरेको थियो।

त्यसबेला भारतीय सेनाले चिनियाँ सेनाको प्रतिकार गर्दै सडक बनाउन दिएनन्।

हालै भारत र चीनका सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो। उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियोभने ७५ भारतीय सेना घाइते भएका थिए।

चिनियाँ पक्षले भने आफ्ना सेनाको बारेमा केही जानकारी दिएको छैन। भारतले ४० चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेता पनि त्यो चीनले अस्वीकार गरेको छ।

गलवान उपत्यका अक्साइ चीन र भारतसम्म फैलिएको छ त्यसकारण दुवै देशले यसलाई आफ्नो भूमि भएको दाबी गर्दै आएका छन्।

भारतसँग सीमा विवाद जारीरहँदा चीनले भुटानको भूमि दाबी गरिरहँदा भारतलाई थप दबाब बढेको विश्लेषण भइरहेको छ।

भुटान भारतबीच घनिष्ठ सम्बन्ध छ। गतवर्ष दोस्रोपटक प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छिमेकी पहिले’ नीति अन्तर्गत भुटानकै पहिलो भ्रमण गरेका थिए। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .