ad ad

कारोबार


पचास रुपैयाँको नयाँ नोट भोलिदेखि चलनचल्तीमा आउने

पचास रुपैयाँको नयाँ नोट भोलिदेखि चलनचल्तीमा आउने

नेपालखबर
असार २१, २०७७ आइतबार १२:४४,

भोलिदेखि नेपाली बजारमा ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा आउने भएको छ। संकेत नम्बर ज-८९००००० देखि ट-३३९९९९९९ सम्मको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ।

नोटको पृष्ठ भागको मध्यमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

नोटमा तत्कालिन गर्भनर डा चिरञ्जीवि नेपालको दस्तखत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .