कारोबार


अनरका बजेट स्मार्टफोन नेपाली बजारमा, तीन मोडलमा मूल्य घट्यो

अनरका बजेट स्मार्टफोन नेपाली बजारमा, तीन मोडलमा मूल्य घट्यो

नेपालखबर
असार ३१, २०७६ मंगलबार ७:४३,

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रालिले अनर कम्पनीको बजेट सेग्मेन्टका फोन नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले अनर ८ए सार्वजनिक गरेसँगै अनर ८एस नेपाल भित्र्याएको हो।

यो फोन मध्यमवर्गीय नेपालीलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ। अनर ८एसमा ५.७१ इन्चको डिउ ड्रप नोच डिस्प्ले, १३ मेगापिक्सलको एफ÷१.८ प्राइमरी र ५ मेगापिक्सलको एफ÷२.२ सेल्फी क्यामरा रहेको छ। फोनमा एउटामात्रै क्यामरा भए पनि फराकिलो एपर्चर आकार हुँदा प्रभावकारी हुने कम्पनीको दाबी छ।

त्यस्तै फोनमा एचडीप्लस रिजोलुसन (७२०x१५२० पिक्सेल, २९५पीपीआईमा १९ः९ आस्पेक्ट रेसियो, मिडिया टेक हेलियो १२२ चिपसेट, क्वाडकोर २.० गिगाहर्ज कोर्टेक्स ए५३ सीपीयू, पावर भीआर जीई८३२० जीपीयू, २ जीबी र्याम, ३२ जीबी स्टोरेज जसलाई ५१२ जीबीसम्मको सपोर्ट रहन्छ भने एलईडी फ्ल्यास क्यामरा यसका विशेषता हुन्। मोबाइलमा ३ हजार २० एमएएचको ब्याट्री रहेको छ। यसको मूल्य १२ हजार ५ सय पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ फोन सार्वजनिकसँगै केही फोनका मूल्य पनि घटाएको छ। अनर ७एस १२ हजार १ सय ९० बाट घटाएर ११ हजार १ सय ९०, अनर १० लाइट २३ हजार ९ सय ९० बाट घटाएर २० हजार ९ सय र अनर ८एक्स २८ हजार ९ सय ९० बाट घटाएर २५ हजार ९ सय ९० रुपैयाँ पुर्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .