ad ad

समाज


चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव

ती दिन देशभर मौसम बदली र वर्षा हुने
चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २९, २०८१ शनिबार १३:२, काठमाडौँ

अहिले (शनिबार दिउँसो) पश्चिम तराईमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भई त्यो पूर्वतर्फ फैलिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशस्थित तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको हो। 

सो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

महाशाखाले शनिबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘अबका ती दिन देशभरको मौसम बदली र वर्षा हुने देखिन्छ। चट्याङ र हावाहुरीबाट क्षतिसमेत हुन सक्ने हुँदा सतर्क र सचेत रहौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .