ad ad

कारोबार


काठमाडौँमा बाल अस्पताल बनाउन डा. भगवान कोइरालालाई भाटभटेनीको ४१ करोड सहयोग

काठमाडौँमा बाल अस्पताल बनाउन डा. भगवान कोइरालालाई भाटभटेनीको ४१ करोड सहयोग

सहयोग घोषणाका क्रममा डा. भगवान कोइराला र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ।


नेपालखबर
बैशाख २९, २०८१ शनिबार ८:२६, काठमाडौँ

मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने घोषणा गरेका छन्। 

डा. कोइरालाले देशका सातै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि बढाएका छन्।

यस क्रममा कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ भने बागमती प्रदेशको काठमाडौँ हेपाली हाइटमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनिरहेको छ।

शुक्रबार अस्पताल निर्माणस्थलमै पुगेर ४१ करोड सहयोगको घोषणा गरेका हुन्। यस क्रममा गुरुङले उक्त अस्पताल भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए।

करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना गुरुङको छ। 

बेसमेन्ट पार्किङ, इमर्जेन्सीसहित अस्पतालमा २० वटा शय्या रहनेछन्। आईसीयू, एनआईसीयूलगायत कक्षका साथै माथि हेलिप्याड पनि निर्माण गरिने भाटभटेनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .