कारोबार


कोरिया रोजगारी : सिपतर्फको परीक्षामा ५ हजार ७५३ जना उत्तीर्ण

कोरिया रोजगारी : सिपतर्फको परीक्षामा ५ हजार ७५३ जना उत्तीर्ण

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८१ शनिबार ७:४६, काठमाडौँ

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षामा पाँच हजार ७५३ परीक्षार्थी उत्तीर्ण भएका छन्। 

सन् २०२४ मा ईपीएसमार्फत उत्पादनतर्फको काम गर्न कोरिया जानको लागि गएको चैत २७ गते भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ मध्ये सिप परीक्षामा पाँच हजार ७५३ परीक्षार्थी उत्तीर्ण भएका हुुन्। 

भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७७ जना सिप परीक्षामा अनुपस्थिति रहेका वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जनाएको छ। 

उत्पादनतर्फको रोजगारीमा जानेहरुको लागि गएको फागुनको पहिलो सातादेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा लिइइएको थियो। जुन परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए।

भाषा र सिप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई यही वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ। 

स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुक्रराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको छ। 

पहिलो चरणको सिप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको हो। 

गएको फागुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको एचआरडीले वैशाख ९ गतेदेखि १५ सम्म सिप परीक्षा सञ्चालन गरेको थियो।

परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले बताए।

भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए। जसमध्येबाट १६ हजार चार छनोट गरेर पठाइने कँडेलले बताइन्। हाल उत्तीर्ण भएका युवालाई आगामी जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ। 

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा आगामी २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad