कारोबार


जहाज मर्मतको छानबिन गर्न निगमले बनायो समिति

जहाज मर्मतको छानबिन गर्न निगमले बनायो समिति

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १०:०, काठमाडौँ

नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गरिएको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको हो। 

समितिको संयोजमा सुधीरशमशेर राई छन्। 

‘जहाजको दायाँ इन्जिनमा समस्या आएपछि पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्री (आईएआई) मा मर्मत गर्न पठाइएको थियो’, अधिकारीले भने, ‘आईएआईले सम्झौताअनुसार जहाजको इन्जिनमा आएको समस्या समयमै समाधान नगरेको र त्यसको विकल्पका अर्को इन्जिनको व्यवस्था नगरेको विषयमा छानबिन गर्न समिति गठन गरिएको हो।’ 

समितिलाई १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad