एनएमबी बैंक लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ। बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव सभाबाट पारित समेत गरेको छ।
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः ८५ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको हो। यसअनुसार कञ्चन डेभलपमेन्ट बैंक लि.का सेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लि.को १०० कित्ताबराबर एनएमबी बैंक लिमिटेडको ८५ कित्ता सेयर प्राप्त गर्नेछन्।
सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंक लि.लाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्नेछ। साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ । बैंकको सुदूरपश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।
कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकले जनाएको छ। यसबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया