राजनीति


पार्टीभित्र ओलीमाथि राजीनामाको दबाब बढिरहेका बेला नेम्वाङ पुगे देउवानिवास

पार्टीभित्र ओलीमाथि राजीनामाको दबाब बढिरहेका बेला नेम्वाङ पुगे देउवानिवास

नेपालखबर
असार २१, २०७७ आइतबार ११:१७,

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका छन्।

देउवालाई भेट्न नेम्वाङ आइतबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

‘झण्डै डेढ घण्टा उहाँहरुबीच छलफल भएको हो,’ देउवा निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘प्रधानमन्त्री ओलीको सन्देश लिएर उहाँ आउनुभएको हो।’

देउवा र नेम्वाङबीच अन्य समसामयिक विषयमा पनि कुराकानी भएको छलफलमा सहभागी नेताले बताए।

नेकपाभित्रै प्रधानमन्त्री ओलीको राजीनामाको माग उठिरहेका बेला ओलीका विशेष दूत बनेर नेम्वाङ सक्रिय भएका हुन्।

पार्टी फुट हुनसक्ने भन्दै शनिबार बेलुका मन्त्रीहरुलाई आआफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिएका ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

पार्टीभित्र उनको राजीनामा माग भएपछि त्यसबाट जोगिन ओली पार्टी फुटाउने योजनामा रहेका देखिन्छन्।

यति नै बेला प्रधानमन्त्रीका निकटस्थ नेम्वाङ र देउवाबीचको भेटघाट तथा छलफललाई चासोपुर्वक हेरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad