नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीयोग्य पैसाको अभाव हुन नदिने बताएका छन्। हाल २ खर्ब रुपैयाँ तरलता रहेको र आगामी दिनमा यसको बाँकी व्यवस्थापन गर्ने जानकारी दिएका हुन्।
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले उद्योगी व्यवसायीले उक्त विषयमा सोच्नु नपर्ने बताए। ‘तरलताको व्यवस्थापन नेपाल राष्ट्र बैंकले गर्नेछ’, उनले भने।
सरकारले राजस्वमा धेरै सम्झौता गरिसकेको बताउँदै उनले आर्थिक वृद्धिमा पनि सम्झौता गरिसकेको बताए। व्यवसायीहरुले लिएको ऋण तिर्ने अवधि र कर तिर्ने अवधि पनि सारिएकोले अब सुधार गर्ने बाटोतिर लाग्नुपर्ने उनले बताए।
त्यस्तै साना उद्यमीलाई समेटेर लैजाने उनले प्रतिबद्धता जनाए। पुनर्कर्जाको कोष बढाइएको स्मरण गर्दै उनले आगामी मौद्रिक नीति पनि सरोकारवाला निजी क्षेत्रहरुको सुझावअनुसार नै आउने बताए।

प्रतिक्रिया