ad ad

कारोबार


हिमालय एयरलाइन्स र हुवावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर

हिमालय एयरलाइन्स र हुवावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर

नेपालखबर
असार १६, २०७७ मंगलबार ६:३३,

हिमालय एयरलाइन्स र हुवावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हिमालय एयरलाइन्स र हुवावेबीच आइतबार ललितपुरस्थित हुवावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो।

हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका छन्। जाङ्ग फ्यान, नेपालमा चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार, वाङ्गपिङ्ग, तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागको उपमहानिर्देशक, जन गणतान्त्रिक चीन, जउ डन्जिन, हुवावे एसियन प्यासिफिक क्षेत्र क्लाउडका अध्यक्ष र एआई व्यवसाय र नेपालका अन्य उद्यमहरूका प्रतिनिधिहरूले यस अवसरमा हुवावे अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरेर साक्षीको रूपमा भाग लिएका थिए।

huawei himalaya 2

हिमालय एयरलाइन्सका अनुसार उनीहरू हुवावे, विश्वकै अग्रणी आईसीटी समाधान प्रदायकलाई छनौट गर्न धेरै खुसी छन्, जुन साझेदारको रूपमा संसारभरका विभिन्न उद्योगहरूको डिजिटल रूपान्तरणको समृद्धिमा अनुभवी छ र एक अर्काबीच योजनाबद्ध सहयोग सम्बन्धको निर्माण गर्दछ।

हिमालय एयरलाइन्स डिजिटल रूपान्तरणको मुख्य चरणमा छ। हुवावेसँग योजनाबद्ध साझेदारी स्थापना गरेर र यसका साझेदारहरूसँग इकोसिस्टममा सहयोग गरेर हिमालय एयरलाइन्सले आफ्नो डिजिटल रूपान्तरणको गति बढाउनेछ र कम्पनीलाई छिटो विकासको नयाँ चरणमा धकेल्नेछ। उन्नत डिजिटल टेक्नोलोजीको साथ नेपाल नागरिक उड्डयन उद्योगमा योगदान दिन नेपालको हुवावे स्थानीय टोलीसँग मिलेर काम गर्नेछ।

हुवावेका प्रतिनिधिले भने कि हुवावेको क्लाउड र एआई टेक्नोलोजीले हिमालय एयरलाइन्समार्फत व्यवस्थापन र वित्तीय प्रणालीको डिजिटाइजेसन साथै आन्तरिक दक्षता सुधार गर्न सकिन्छ। हुवावे क्लाउड सेवा टोली र हुवावे नेपाल स्थानीय समर्थन टिम दुवैको प्रतिबद्धताले हिमालय एयरलाइन्सको डिजिटल रूपान्तरण सुधार हुनेछ र कम्पनी नेपाली बजारमा अधिक प्रतिस्पर्धी हुनेछ। हुवावेले हिमालय एयरलाइन्सलाई दुई कम्पनीको योजनाबद्ध सहयोगको सुरुवातको रूपमा क्लाउड सेवाहरू प्रदान गर्नेछ।

huawei himalaya 4

२० को दशकको प्रारम्भदेखि कम्प्युटिङ्ग ऊर्जा उत्पादकत्वको नयाँ स्रोत बन्न गएको छ, डाटा नयाँ कच्चा पदार्थ हुन् र ंएआई र फाइभजीचाहिँ उत्पादनको नयाँ उपकरणहरु हुन्। कुनै शंकाविना नै क्लाउड सेवा नयाँ आदर्श बन्न पुगेको छ। नयाँ डिजिटल पूर्वाधारको रूपमा कार्य गर्दै छ जसले डिजिटल रूपान्तरणको गतिलाई तीव्र पार्दछ।

हाल ५ सय ग्लोबल कम्पनीहरुमध्ये २ सय २८ र १ सय विश्वको शीर्ष उद्यमहरूमध्ये ५८ ले हुवावेलाई डिजिटल परिवर्तनको लागि विश्वासिलो साझेदारका रुपमा चयन गरेका छन्। ग्लोबल नोड कभरेज र इकोसिस्टमको साथ साझेदार वा विकासकर्ताहरूले हुवावे क्लाउड प्लस एआई, फाइभजी र ठूलो डाटाजस्ता इन्टेलिजेन्ट अनुप्रयोगहरूको समर्थन गर्नको लागि सेवाहरू लिन सक्दछन्।

आजसम्म, हुवावे क्लाउडले २ सयभन्दा बढी क्लाउड सेवाहरू प्रदान गरेको छ जसमा १ सय ९० भन्दा बढी विशिष्ट उद्योग समाधानहरू वित्तीय सेवाहरू, इ–कर्मस, लजिस्टिक, स्वास्थ्य सेवा, शिक्षा र आदिबाट रहेको छ।

huawei himalaya 5

हुवावे क्लाउड उच्च प्रदर्शन र उच्च विश्वसनीयता उपकरणबाट बनेको हो। जुन एआई चिपसेटले जडित छ। हुवावे क्लाउडमा डाटा सुरक्षा र प्रयोगकर्ता गोपनीयता अनुपालन पहिलेभन्दा बढी सुरक्षित भएको छ। तसर्थ, हुवावे क्लाउडले सरकार, उद्यम र डिजिटल परिवर्तनमा क्यारियरलाई ठूलो फाइदा पुर्‍याउनेछ।

नेपालको इन्टरप्राइज आईटी सेवाहरूको भर्खरको अध्ययनबाट यो देखिन्छ कि ११ उद्योगहरूको ७४ प्रतिशत (मिडिया, मनोरन्जन, एयरलाइन्स, सामान्यखुद्रा, इ–कमर्स, र आदि) उच्च उपकरणको लगानी घटाउन, जटिल मर्मतसम्भारबाट बच्न, सेवा विश्वसनीयता सुनिश्चित गर्न, आईटी सेवा डिजिटल गर्ने उपकरणको रूपमा क्लाउड सेवा छनौट गरेको छ।

नेपाली बजारमा डिजिटल रूपान्तरण परामर्श र वितरण सेवाहरू उपलब्ध गराउनका लागि जनवरी २०२० मा हुवावे नेपाल अफिसले क्लाउड एन्ड एआई स्थानीय टोली स्थापना गरेको छ जसले केवल स्थानीय सरकार, उद्यम र वाहकहरूलाई समर्पित सेवाहरू प्रदान गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .