ad ad

समाज


श्रीमतीको हत्याका आरोपीले गरे दुई बहिनीको हत्या

श्रीमतीको हत्याका आरोपीले गरे दुई बहिनीको हत्या

नेपालखबर
असार १६, २०७७ मंगलबार ६:४६,

भारतको हैदराबादमा एक जना व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन्।

उनले हतियार प्रहार गरी परिवारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा उनका दुई बहिनीको ज्यान गएको बताइएको छ।

उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ। श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए। पछि उनी धरौटीमा रिहा भएका थिए। त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती व्यक्तिले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ। अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो हतियारले हमला गरेका थिए।

प्रहरीका अनुसार परिवारका तीन जनालाई घरमै हतियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आक्रमण गरेको बताएको छ। प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर रहेको छ।

उनले सो हत्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .