कारोबार


भोलिदेखि सेयर बजार खुल्ने, घरमै बसेर कारोबार गर्न सकिने

भोलिदेखि सेयर बजार खुल्ने, घरमै बसेर कारोबार गर्न सकिने

नेपालखबर
असार १४, २०७७ आइतबार ८:१,

लकडाउन अवधिभर दुई दिनबाहेक पूर्ण रुपमा बन्द सेयर बजार भोलि सोमबारदेखि खुल्ने भएको छ।

नेपाल धितोपत्र बोर्डको आइतबारको बैठकले सोमबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो।

मुलुकमा लकडाउन सुरु भएसँगै चैत ११ बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिन खुलेको थियो। त्यसपछि पुनः बन्द भएको सेयर बजारलाई व्यवस्थित रुपमा खोल्नुपर्ने दवाब बढेपछि बोर्डले खोल्ने निर्णय गरेको हो।

बोर्ड खोल्ने निर्णय गरे पनि के कसरी खोल्ने भन्ने मोडालिटीमा तय गर्न बाँकी छ। सेयर कारोबार अनलाइनबाट गर्न सकिने व्यवस्था गरिएकाले पहिलेजस्तै पूर्ण रुपमा बजार खुला हुने एक अधिकारीले बताए।

प्रत्येक सेयरधनीको आईपीएस आइडी हुने र उनीहरुले घरमै बसेर सबै काम गर्न सक्ने भएकाले सेयर बजार सञ्चालन गर्न अप्ठ्यारो नपर्ने उनको भनाइ छ।

मुलुकमा लकडाउन सुरु भएपछि सेयर बजार बन्द भएको थियो। बीचमा केही समय खुलेको सेयर बजार पुनः बन्द भएपछि यसलाई कसरी खोल्ने भन्ने विषय अध्ययन समिति गठन गरिएको थियो।

उक्त समितिले सेयर बजार कहिले खोल्ने, कसरी खोल्ने, समय कसरी मिलाउने भन्ने बारेमा प्रतिवेदन तयार गरेर बोर्डलाई बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad