कारोबार


कतारद्वारा कोरोना महामारीसँग लड्न डब्लू.एच.ओ. लाई एक करोड डलर दिने घोषणा

कतारद्वारा कोरोना महामारीसँग लड्न डब्लू.एच.ओ. लाई एक करोड डलर दिने घोषणा

नेपालखबर
असार १४, २०७७ आइतबार ७:१८,

कतारका उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले कतार सरकारले कोरोना महामारीसंग लड्न डब्ल्यु.एच.ओ. लाई एक करोड डलर प्रदान गर्ने घोषणा गरेका छन्।

यो रकमले कोरोना भाइरस बिरूद्दको खोप पत्ता लगाउन, उपचारमा सहयोग गर्न तथा चेक जाचका लागि डब्लू.एच.ओ. लाई सहयोग पुग्ने विश्वास गरिएको छ।

कतारले यसअघि खोप विकासमा दुई करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो।

शनिवार ग्लोवल सिटिजनले आयोजना गरेको वेव मिटिङमा कतार सरकारका तर्फबाट मिटिङमा सहभागी उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले उक्त घोषणा गरेका हुन्।

उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले यतिबेला विश्व नै राजनीतिक रूपले विभाजित नभइ एकजुट भएर कोरोना महामारीलाई पराजित गर्न धेरै भन्दा धेरै चेकजाँच तथा खोप विकासमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

वेव मिटिङमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले विश्वलाई नै आक्रान्त बनाएको कोरोना महामारीसंग लड्न हातेमालो गरेकोमा युरोपियन आयोगलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad