ad ad

कारोबार


तातोपानी नाका नियमित सञ्चालन

तातोपानी नाका नियमित सञ्चालन

नेपालखबर
असार ९, २०७७ मंगलबार १२:३६,

तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ। बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ।

वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ। बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएता पनि अहिले सहज रुपमा कन्टेनरहरु गइरहेको कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए।

बाह्रबिसेमाथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना भने सधैँ रहन्छ। कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .