कारोबार


मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेसनद्वारा एक लाख सहयोग

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेसनद्वारा एक लाख सहयोग

नेपालखबर
असार २९, २०७६ आइतबार १२:२१,

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रम संस्थालाई नगद सहयोग गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित सिटी एक्सप्रेस फाउन्डेसनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धनिर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने बताए।

समाजको सकारात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .