प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गरेका छन्।
उनले विनियोजन गरेकोमा आथामी आर्थिक वर्षमा चालू खर्चको लागि १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै विकास खर्चको लागि २१ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ विनियोजन भएको हो।
उक्त बजेटको स्रोतको लागि आन्तरिक राजस्वबाट ४ अर्ब ७५ करोड, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड, अनुदानबाट १५ अर्ब ११ करोड व्यहोरिनेछ। यी स्रोतबाट खर्च व्यवस्थापन सक्षम नहुने भएपछि नेपाल सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिइने जानकारी गराएको हो।
पूर्णपाठ
प्रतिक्रिया