वर्तमान अवस्थाको जीवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिङ, अनलाइन क्लास, अनलाइन स्ट्रिमिङ र अन्य इन्टरटेनमेन्टका लागी उपभोक्ताहरुद्वारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रुपमा बढेको छ।
यस वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि.ले कम मूल्यको स्तरीय ४जी स्मार्टफोन ‘नोकिया सी२’ बजारमा ल्याएको छ। यो स्मार्टफोन मा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ।
नोकिया सी२–४जी स्मार्टफोनमा ५.७ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले स्क्रिन छ। जसलाई टफन ग्लासद्वारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ। यसमा एन्ड्रोइड ९ पीईआई (गो इडिसन) अपरेटिङ सिस्टम छ, जुन गो एप्स चलाउनको लागी उत्कृष्ट अपरेटिङ सिस्टम हो। गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ।
यसमा माइक्रो एसडी कार्डद्धारा ६४जीवीसम्म स्टोरेज बढाउन सकिन्छ। साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ। यो स्मार्टफोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ।
फोटोग्राफीको लागी नोकिया सी२ङ–४जी स्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५ मेगापिक्सेल क्यामरा, सेन्सर एलईडी फ्ल्यास् लाइट रहेको छ। यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामरा फिचरहरु रहेको छ। यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरुरहेका छन। नोकिया सी२–४जी स्मार्टफोनको बजार मूल्य रु.९,२९९/ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ।
साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सी१ र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्धारा अत्यन्त रुचाइएको कम्पनीले जनाएको छ। साथै नोकियाका फिचर फोनहरु र नोकिया सी१ स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।

प्रतिक्रिया