कारोबार


भोलिदेखि लकडाउनअघिकै अवस्थामा बैंक खुल्ने

भोलिदेखि लकडाउनअघिकै अवस्थामा बैंक खुल्ने

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १२:२,

असार १ अर्थात् भोलिदेखि बैंक तथा वित्तीय क्षेत्र लकडाउनअगाडिकै अवस्थामा खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै साबिककै अवस्थामा कार्यालय सञ्चालन गर्न भनेको हो।

सेवाग्राहीको चाप मूल्याङ्कन गरी बढी भीडभाड हुने स्थानहरुमा आवश्यकताअनुसार सिफ्टअनुसार काम गर्न भनेको हो। त्यसको लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्न सकिनेछ।

सेवाग्राही तथा सम्पर्कमा रहने जो कोहीसँग भने सुरक्षाको न्यूनतम मापदण्ड अपनाउनुपर्ने बताएको छ। साथै विद्युतीय माधयमबाट हुने कारोबारलाई प्रोत्साहित गर्न राष्ट्र बैंकले भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad