मिस युनिभर्स नेपाल २०२० आरम्भ भएको छ।
म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइजीको घोषणा भएको हो।
मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठले यसको स्थापना गरेकी हुन् भने नेपालको एक मात्र बहुबिलियन डलर मल्टिनेशनल समूह सीजी कर्पोरेसेन ग्लेबल यसको सहसंस्थापक रहेको छ। यो पहिलो अलइनएप ब्युटी पेजेन्ट हो।
डिजिटल कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबलको प्रबन्धनिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्स संगठनका अग्रणी दिग्गज तथा नग्माको नेपाली महिला सशक्तीकरणका लागि साहसी, बोल्ड र सुन्दर दर्शनका समर्थक सेलिब्रेटीहरु मिस युनिभर्स जोजीबीनी टुन्जी, मिस युनिभर्स नेपाल २०१८ मनिता देवकोटा, सुपरस्टार इन्दिरा जोशीको कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रममा म नेपालीकी क्रिएटिभडिरेक्टर अनुशा पीटरसनले मिस युनिभर्स नेपाल एपको पहलबारे कुरा गरेकी थिइन्। त्यस्तै, थुप्रै सुपरस्टार प्रतिस्पर्धी विजेताहरु पछाडिका कोच जोनस गाफुडको पनि उपस्थिति रहेको थियो । म नेपालीका लागि पहिलो इन—एप सौन्दर्य प्रतियोगिता आयोजना गर्नुको उद्देश्य कोभिड—१९ महामारीको समयमा प्रतिस्पर्धी र फ्यानहरुको सुरक्षा, सौन्दर्यलाई लोकतान्त्रिकीकरण— जहाँ रहे पनि जस्तो आर्थिक अवस्थाका भए पनि नेपाली मन भएका युवाहरुलाई प्रतिस्पर्धा गराउँदै केहीका लागि लाभबाट धेरैका लागि अवसरको रुपमा सहभागीहरुलाई प्रतियोगितामा रुपान्तरण गर्ने रहेको आयोजकले जनाएको छ।
नग्माले भनिन्, ‘मेरा नजरमा नेपालीमहिलाहरु साहसी, बोल्ड र सुन्दर छन् । मैले ७ वर्षको उमेरदेखि नै सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना देखेकी थिएँ। मलाई लस भेगसमा मिस युनिभर्स पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व लागेको थियो। आज, म मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक भएकी छु। सपनाहरु साकार हुन सक्छन् र, म के सुनिश्चित गर्न चाहन्छु भने सबै युवा नेपाली महिलाहरुसँग मैले पाएजति समान अवसर छ, जित वा पराजित जे भए पनि त्यसले हामीलाई आफू र आफूले प्रतिनिधित्व गरेको देशप्रति गर्वान्वित महशुस गराउँछ।’
सीजी कर्पोरेसन ग्लोबलको प्रबन्धनिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले देशका गौरवशाली नागरिकको रुपमा सीजी कर्पोरेसन ग्लोबलका चार पुस्ताहरु नेपाललाई विश्वमा पुर्याउने दर्शनबाट निर्देशित रहेको बताए।
उनले नेपालकी पूर्व मिस युनिभर्स नग्मासँग साझेदारी गरेर विश्वकै प्रतिष्ठित मिस युनिभर्स नेपालको ब्यान्डवागन ल्याउन पाउँदा खुसी मिलेको बताए।
यस वर्षको प्रतियोगितालाई कार्यान्वयन गर्न नग्माले विज्ञहरुको वल्र्ड—क्लास टीम ल्याएकी छिन्। अनुशा पीटरसन डकोमेन्ट्री र कनसर्ट ब्रोडकास्टिङ र वेब वा मोबाइल कास्ट इन्टरटेन्मेन्टकी एक अग्रणी निर्माता हुन्। जोनस गाफुड मिस युनिभर्स फिलिपिन्स् र सिंगापुरका हालको फ्रान्चाइजीका क्रिएटिभ र इभेन्ट डिरेक्टर हुन्। जोनसले प्रतियोगीहरुलाई प्रशिक्षण गर्दै मिस युनिभर्सको मापदण्डलाई पूरा गर्ने सुनिश्चित गर्नेछन्। ग्राउन्ड ब्रेकिङ म नेपाली, मिस युनिभर्स नेपाल २०२० एप जुलाईको मध्यान्तरदेखि एप स्टोर र गुगल प्लेमा उपलब्ध हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया