ad ad

कारोबार


अब सिटिजन लाइफको जीवन बीमा घरबाटै

अब सिटिजन लाइफको जीवन बीमा घरबाटै

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १२:२३,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइनमार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको छ। यस सुविधा अन्तरगत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने कम्पनीले जनाएको छ।

बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाईट वा मोबाईलमार्फत लग इन गरी एजेन्ट पोर्टल अन्तरगत गएर ग्राहकहरुको लागी इच्छाएको बीमा योजना अभिकर्ता मार्फत खरिद गर्न सकिन्छ।

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज वनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरीय बनाउँदै जाने कम्पनीको डिजिटल सिटिजन अभियान अन्तरगत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ।

साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी हालै लकडाउनको परिस्थितिमा समेत घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी इसेवा फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैंकिङ सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .