ad ad

कारोबार


विद्युतीय सवारीको कर बढाउनु राजनीतिक बेइमानी होः देवेन्द्रराज कँडेल

विद्युतीय सवारीको कर बढाउनु राजनीतिक बेइमानी होः देवेन्द्रराज कँडेल

नेपालखबर
जेठ २५, २०७७ आइतबार ९:१९,

विद्युतीय गाडीको कर बढाउने निर्णय राजनीतिक बेइमानी भएको सांसद देवेन्द्रराज कँडेलले बताएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत विद्युतीय सवारीमा औसतमा १ सय १३ प्रतिशत कर लगाउने गरेको निर्णय विगतमा नेकपाले नै लिएको नीतिविपरीत भएको उनले बताएका हुन्।

उनले आइतबार संसदमा भने, ‘यो निर्णय वातावरण विनाश र इन्धन लगायतको आयात बढाउने खालको छ। यो वातावरणविरुद्धको निर्णय हो। किनभने नेकपाको चुनावी घोषणापत्रमा आगामी ३ वर्षभित्र काठमाडौंलाई विद्युतीय सवारीसाधनको मात्रै उपयोग गरिने भनिएको छ तर नीति योभन्दा विपरीत कार्यान्वयन गरिएको छ। यो सरासर बेइमानी हो।’

उनले प्रधानमन्त्रीले भनेको सार्वजनिक रुपमा बोलेभन्दा पनि विपरीत गएर सरकारले काम गरेको बताए। प्रधानमन्त्रीले २ वर्षअघि साझा यातायातले काठमाडौंमा सुरु गरेको विद्युतीय गाडी उद्घाटन गर्ने क्रममा सन् २०२० भित्र नेपालका कुल सवारीमध्ये २० प्रतिशत विद्युतीय सवारी हुने भनेका थिए। तर यो कदमले बोलेभन्दा ठीक विपरीत कदम चालेको उनले बताए।

उनले भने, ‘यसले के देखाउँछ भने सत्तारुढ दलप्रति विश्वास नभएको र जनताप्रति उत्तरदायी नभएको देखाउँछ। केवल यो भोटको लागि भाषण भएको र एकतिर काम र त्यसको ठीक विपरीत काम भइरहेको यो राजनीतिक बेइमानी भएको ठहर छ।’

महंगो विद्युतीय गाडी आयात भइरहेको र पँुजीपतिहरुले मात्रै उपयोग गरेको भन्दै कर बढाउन परेको दाबी गरे पनि झूटो हो। दीर्घकालीन रुपमा सोच्ने हो कि अहिलेको लागि मात्रै सोच्ने ? उनले प्रश्न गरे ।

त्यस्तै गत आर्थिक वर्षमा मात्रै २ खर्ब १५ अर्बको त इन्धन नै आयात भइरहेको उनले बताए। यसले नेपालको व्यापार घाटामा के गरिरहेको त्यो पनि हेर्नुपर्ने उनको भनाइ छ। विद्युतीय गाडीको उपयोगले नेपाली विद्युतको उपयोगलाई सहयोग पुर्याउने उनको भनाइ छ।

नेपालको कुल निर्यातभन्दा इन्धनको मात्रै आयात बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .