ad ad

कारोबार


कोरोनाविरुद्ध लड्न एडीबीले दियो २५ करोड डलर ऋण

कोरोनाविरुद्ध लड्न एडीबीले दियो २५ करोड डलर ऋण

नेपालखबर
जेठ १९, २०७७ सोमबार १०:३०,

कोरोनाविरुद्ध लड्न एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर ऋण दिएको छ। यससम्बन्धी सम्झौतामा नेपाल सरकार र एडीबीबीच आज हस्ताक्षर भएको हो।

उक्त रकम कोभिड १९ विरुद्ध आवश्यक काममा खर्च हुनेछ। अर्थसचिव शिशिर ढुंगाना र एडीबीका नेपालका लागि देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी थिए।

सम्झौतामा हस्ताक्षर गर्दै ढुंगानाले कोभिड १९ विरुद्ध लड्न नेपाललाई सहयोग गरेकामा एडीबीलाई धन्यवाद दिए। यो रकम नेपाली सार्वजनिक जनस्वास्थ्य प्रणालीलाई बलियो बनाउन, सामाजिक रक्षा र रोजगारी सिर्जना गर्न सहयोगी हुने उनले बताए।

एडीबीका कन्ट्री डिरेक्टर खामुदखानोभले चुनौतीपूर्ण समयमा नेपाललाई सघाउन एडीबी तयार रहेको बताए। यो बजेटरी सहयोगका रुपमा प्रदान गरिएको हो। खासगरी परीक्षण प्रयोगशाला, क्वारेन्टिन स्थापना र सरुवा रोग नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण लगायतमा रकम खर्च हुनेछ। यसले महामारी पार्ने सामाजिक र आर्थिक प्रभाव रोक्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .